Rumpum

Rumpum Advertisement

निजी क्षेत्रले खरिद गरेकाे पीसीआर मेसिन विराटनगर महानगरपालिकालाई हस्तान्तरण

निजी क्षेत्रले खरिद गरेकाे पीसीआर मेसिन विराटनगर महानगरपालिकालाई हस्तान्तरण

विराटनगर, ८ भदौं । निजी क्षेत्रले गरिद गरी उपलब्ध गराएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्त्रण गरेको छ ।

सोमबार निजी क्षेत्रले प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको रोहवरमा विराटनगर महानगरपालिकालाई मेसिन उपलब्ध गराएको थियो ।

लगत्तै मेसिन जडानका लागि विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्त्रण गरेको हो ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा पीसीआर जाँचमा सहजताका लागि मेसिन खरिद गरी उपलब्ध गराएको उद्याग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले बताए ।

संक्रमितको पहिचान र उपचारका लागि सहज बनाउन निजी क्षेत्रको समन्वयमा मेसिन खरिद गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

नयाँ मेसिन जडानपछि विराटनगरमा दैनिक ९ सय जनासम्म पीसीआर जाँच गर्न सकिने उनले बताए । ‘दिनमा नौ सयसम्म कोरोना जाँच गर्न सकिन्छ भन्ने बिक्रेताले जानकारी गराएका छन्,’ उनले भने, ‘आरएन ए एक्ट्राक्सन मेसिन पनि आउँदैछ ।’

मेसिन सञ्चालनका लागि महानगरपालिकाले काेशी अस्पताललाई २५ लाख उपलब्ध गराएकाे छ ।

प्रदेशलाई फाइदा पुग्छ : मन्त्री घिमिरे

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरले निजी क्षेत्रले उपलब्ध गराएको मेसिनले प्रदेश १ का जनतालाई फाइदा पुग्ने बताएका छन् ।

विराटनगरले खरिद गरेको मेसिनबाट विराटनगरले अधिकतम फाइदा लिने बताउँदै उनले कोरोना जाँचमा प्रदेशएकलाई फाइदा पुग्ने बताए ।

कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले तीन तहसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।