च्याम्पियन्स लिगको फाइनलमा पीएसजी पराजित हुँदा मार्सेलीमा उत्सव

एजेन्सी, ८ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको फाइनलमा पराजित हुँदा फ्रान्सको शहर मार्सेलीमा उत्सव मनाइएको छ ।

आइतबार राति पोर्चुगलको राजधानी लिस्बोनमा भएको फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग पीएसजी १–० ले पराजित हुँदा मार्सेलीमा उत्सव मनाइएको हो ।

फ्रान्सकै क्लब ओलम्पिक डी मार्सेलीका समर्थकहरूले पीएसजीको हारमा उपाधि जितेकसरह उत्सव मनाएका हुन् ।

मार्सेलीका समर्थकले फ्रेन्च लिग वानका प्रतिद्वन्दी क्लब पीएसजीलाई धेरै घृणा गर्छन् ।

केही दिनअघि मात्र मार्सेलीका समर्थकले पीएसजीका समर्थकमाथि आक्रमण गरेका थिए । त्यसपछि मार्सेलीमा पीएसजीको जर्सी प्रतिबन्धसमेत गरिएको थियो ।

तर, चौतर्फी विरोध भएपछि प्रहरीले प्रतिबन्ध फिर्ता लिएको थियो ।

Loading...