बेकिङ सोडालाई डन्डिफोरको उपचारमा प्रयोग गर्नुका खतराहरू

विराटनगर, ८ भदौ । अनुहारमा बेकिङ सोडाको प्रयोगले डन्डिफोर छिटो निको हुने वा अनुहारको दाग छिट्टै हट्ने बताइन्छ ।

अनुहारमा आउने डन्डिफोर हटाउनका लागि यो धेरै लोकप्रिय ह्याकमध्ये एक हो । तर अनुहारमा बेकिङ सोडाको प्रयोगले राम्रोभन्दा पनि धेरै हानी पु¥याउने हुन्छ । बेकिङ सोडाले छालालाई निक्कै सुख्खा बनाउने काम गर्छ र यसको प्रयोगले छाला पोल्ने, चिलाउने, अनुहार सुन्निने, छालालाई छिट्टै चाउरी पार्ने, झन् धेरै डन्डिफोर आउने समस्यासमेत हुन सक्छ ।

बेकिङ सोडाले छालाको पीएच स्तरमा हस्तक्षेप गर्न सक्छ । अनुहारको छालाका लागि ४.५ देखि ५.५ सम्मको पीएच लेभल स्वस्थ मानिन्छ । यो पीएच लेभलमा छालालाई स्वस्थ तेलले मोइश्चराइज गर्छ जसकारण जीवाणु र प्रदूषणबाट छालालाई हानी हुँदैन । तर, यस पीएच एसिडको स्तर नमिल्दा विशेष गरी छालामा हानिकारक साइड इफेक्टहरू हुन सक्छ ।

बेकिङ सोडाको पीएच स्तर ९ हुन्छ । यसको प्रयोगले छालाका सबै प्राकृतिक तेलहरू सोचेर र यसलाई ब्याक्टेरियाबाट बचाउन सक्ने हुँदैन । जसले गर्द छाला सूर्यको किरण, प्रदूषणजस्ता प्राकृतिक तत्वहरूमा बढी संवेदनशील हुन्छ ।

छालामा बेकिङ सोडाको लगातार प्रयोगले छाला चाँडो निको हुने तथा पुनःहाइड्रेट हुन सक्ने क्षमतालाई असर गर्न सक्छ ।

त्यसैले यस्ता सामग्रीले अनुहारमा हानी पु¥याएर कुरुपसमेत बनाउन सक्ने हुँदा यसको बारेमा राम्ररी बुझेर मात्र प्रयोग गर्नु पर्छ ।

Loading...