जेविकालाई गुलेलीमा फूल राखी हानौला भन्दै नाजिर (भिडियोसहित)

विराटनगर, ८ भदौ । मेलिना राई र किरण भुजेलको स्वर रहेको ‘गुलेलीमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतलाई ‘सुनौलो तारा’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । तारा अधिकारीको शब्द रहेको सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेता नाजिर हुसेन र जेविका कार्कीको प्रस्तुति रहेको छ । प्रेम भाव देखाउन खोजेको गीतको भिडियोमा आफ्नो मायालुलाई फकाउन गरिएको प्रयास देखाइएको छ ।

दीपक शर्माको संगीत रहेको गीतलाई शाहस शाक्यले एरेन्ज गरेका हुन् । शान थापाले निर्देशन गरेको गीतको भिडियोलाई राजीव समरले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

Loading...