चितवनमा बालिकासहित १२ संक्रमित थपिए

विराटनगर, ८ भदौ । चितवनमा एक बालिकासहित १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एक जना पाँच वर्षीया बालिका पनि छिन् ।

संक्रमित सबै भरतपुर महानरपालिकाका बासिन्दा हुन् । कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणबाट सात महिला र पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको जानकारी डा. नीतु अधिकारीले दिइन् । उनका अनसार दुई सय नौ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

Loading...