५१ जनाको मृत्यु भएको क्राइस्टचर्च आक्रमणको सनुवाई सुरु

विराटनगर, ८ भदौ । न्यूजिल्याण्डको क्राइस्टचर्चका दुई मस्जिदमा ५१ जनाको ज्यान जाने गरी भएको आक्रमणको सुनुवाई अदालतमा सुरु भएको छ ।

घटनाबाट प्रभावित परिवार तथा बाँच्न सफल भएकाहरु सुनुवाईमा सहभागी भएका छन् । उनीहरु सहभागी भएसँगै आक्रमण गरेका व्यक्तिले आफ्नो आक्रमणबाट बच्न सफल भएकाहरुको सामना अदालतमा गर्नु पर्ने भएको छ ।

सन् २०१९ मो मार्चमा अस्ट्रेलियन ह्वाइटसुप्रिमिस्ट (श्वेतहरुको अग्राधिकारका पक्षपाती) ले क्राइस्टचर्चका दुई मस्जिदनमा आक्रमण गर्दा ५१ जना मुस्लिमको निधन भएको थियो । अदालतमा आक्रमणकारी अस्ट्रेलियाको न्यू साउथ वेल्सका स्थायी बासिन्दा २९ वर्षीय ब्रेन्टन टारान्टलाई दिइने सजायबारे सुनुवाई हुँदैछ ।

हत्या प्रयासका ४० तथा एउटा आतंकवादको मुद्दा खेपेका उनलाई आजीवन जेल सजाय हुने सम्भावना रहेको बताइएको छ । सुनुवाई चार दिनसम्म चल्ने जनाइएको छ । सुनुवाईमा आक्रमणमा बाँच्न सफल भएकाहरु तथा निधन भएकाका परिवारका सदस्यले आफ्ना कुरा राख्नेछन् ।

क्राइस्ट चर्चको अदालतमा सुनुवाईको पहिलो शत्र सोमबार बिहान सुरु भएको छ ।

Loading...