Rumpum

Rumpum Advertisement

कोमानको गोलमा बायर्नको अग्रता

कोमानको गोलमा बायर्नको अग्रता

एजेन्सी, ८ भदौ । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज उपाधि भिडन्त भइरहेको छ ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा जारी खेलमा मा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) खेलिरहेका छन् ।

खेलमा बायर्नले सुरुआती अग्रता बनाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५९औं मिनेटमा किंग्स्ले कोमानले गोल गरेपछि बायर्नले सुरुआती अग्रता बनाएको हो ।

काेमानले किम्मिचकाे पासमा गाेल गर्दै १-० गोलककाे अग्रता दिलाएका हुन् ।