Rumpum

Rumpum Advertisement

पीएसजीको सुरुआती ११, अग्रपंक्तिमा नेयमार, एम्बाप्पे र डी मारिया

पीएसजीको सुरुआती ११, अग्रपंक्तिमा नेयमार, एम्बाप्पे र डी मारिया

एजेन्सी, ८ भदौ । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज उपाधि भिडन्त हुँदैछ ।

अहिले केही बेरमा सुरु हुन लागेको च्याम्पियन्स लिगको उपाधि भिडन्तमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) खेल्दैछन् ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने सो खेलका लागि पीएसजीले आफ्नो सुरुआती ११ सार्वजनिक गरेको छ ।

जसमा, नेयमार, किलियन एम्बाप्पे र एन्जल डी मारिया अग्रपंक्तिमा रहेका छन् ।

यस्तै मिडफिल्डमा एन्डर हेरेर्रा, मार्किन्होस र लियन्द्राे पारिडेस रहेका छन् भने डिफेन्समा जुआन बर्नाट, प्रिसनेल किम्पेम्बे, थियागो सिल्भा र थिलो केहरर रहनेछन् ।

गोलकिपरमा केयरल नाभास छन् ।

बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् । पहिलोपल्ट फाइनल पुगेको पीएसजी पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि उचाल्ने दौडमा छ ।

यता, बायर्न भने छैटौं पटक उपाधि जित्ने दाउमा छ । उसले १९७४ देखि ७६ सम्म लगातार तीन सिजन र २००१ तथा २०१३ गरी पाँच पटक उपाधि जितेको थियो । त्यसबाहेक ऊ छ पटक फाइनल पुगेर उपाधिविहीन बनेको थियो ।