रोनाल्डोको रेकर्ड तोड्ने लेवान्डोस्कीको लक्ष्य

एजेन्सी, ७ भदौ । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाडोको कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

च्याम्पियन्स लिगको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध भिड्दै गर्दा पोलिस स्टार लेवान्डोस्की रोनाल्डोको रेकर्ड तोड्ने लक्ष्यमा छन् ।

बायर्नले च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार आज राति १२ः४५ बजे हुने यो खेल पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुनेछ ।

जहाँ, लेवान्डोस्कीको नजर ३५ वर्षीय रोनाल्डोको रेकर्डमा हुनेछ । रोनाल्डोले २०१३–१४ को च्याम्पियन्स लिगमा १७ गोल गर्दै एकै सिजन सर्वाधिक धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए । सो सिजन रोनाल्डोले १७ गोल गरेर सिंगल सिजन धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।

तर, आज ह्याट्रिक गरेको खण्डमा लेवान्डोस्कीले रोनाल्डोको कीर्तिमान आफ्नो नाममा सार्नेछन् । यस सिजनको च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका छन् ।

३१ वर्षीय लेवान्डोस्कीले थप दुई गोल गरेमा रोनाल्डो रेकर्डसँग बराबरी गर्नेछन् । र, ह्याट्रिक गरेको खण्डमा रोनाल्डोको नाममा रहेको रेकर्ड आफ्नो नाममा ल्याउने छन् ।

लेवान्डोस्कीले यस सिजन सबै प्रतियोगिता गरी ४६ खेल खेल्दा ५५ गोल गरेका छन् । पछिल्ला ९ च्याम्पियन्स लिग खेलमा उनले गोल गर्दै आइरहेका छन् ।

Loading...