नेपाली क्रिकेट खेलाडीसहित ५१ जनाको कोरोना बीमा

काठमाडौं, ७ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेको हो ।

क्यानले विज्ञप्तिमार्फत कोरोना महामारीलाई ध्यानमा राख्दै बीमा गरिएको जनाएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वार्षिक अुनबन्ध गरेका २२ तथा अन्य तीन खेलाडीको बीमा गरिएको जानकारी दिए ।

क्यानले खेलाडी, मैदानका कर्मचारी तथा कार्यालयका कर्मचारीको प्रत्येकको एक वर्षको रु एक लाख बराबरको कोराना बीमा गरेको हो ।

दुई साताअघि क्यानले खेलाडी, खेल मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको बीमा गर्ने निर्णय गरेको थियो ।

महिला क्रिकेट खेलाडीको कोरोना बीमाबारेसमेत क्यानले योजना बनाइरहेको छ ।

Loading...