नेपाली किशोरले जिते वर्ल्ड पाना च्याम्पियनसीपको उपाधि

काठमाडौं, ७ भदौ । नेपाली किशोर शाश्वत राना वर्ल्ड पाना च्याम्पियनसीपको उपाधि जित्न सफल भएका छन् । १३ वर्षीय रानाले डेनमार्कको कोपनहेगनमा शनिबार भएको वर्ल्ड पाना च्याम्पियनसीप– २०२० को उपाधि जितेका हुन् ।

एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रूपमा चर्चित छ । उनले ७ खेल खेलेका थिए । तीन खेलमा ३ पाना (नकआउट) भए भने बाँकी ४ खेल जितेका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।

वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा उनी तेस्रो भएका थिए । डेनिस सुपरलिग खेल्दै आएको ए डिभिजनको लिङ्बी ब्लोड क्लबका फुटबल खेलाडी शाश्वतले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए ।

२००७ मा कोपनहेगनमा जन्मिएका शाश्वत बुवा विवेक राना र आमा सुशीला हमालसहित कोपनहेगनमै बस्छन् ।

Loading...