Rumpum

Rumpum Advertisement

‘बा’ नामबाट फिल्म निर्माण गर्दै ‘भैरे’ फिल्मका निर्देशक बोहोरा

‘बा’ नामबाट फिल्म निर्माण गर्दै ‘भैरे’ फिल्मका निर्देशक बोहोरा

विराटनगर, ७ भदौ । ‘बा’ नामबाट फिल्म निर्माण हुने भएको छ । कुशे औसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर ‘भैरे’ फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहोराले चलचित्र विकास बोर्डमा ‘बा’ नाम राखी फिल्म दर्ता गरेको जानकारी दिएका हुन् ।

फिल्ममा एक बुबाको संघर्ष, त्याग र बलिदान प्रस्तुत गरिने बताइएको छ । निर्देशक बोहोराले ‘बा’ आफ्ना बा र संसारभरिका बाप्रति समर्पित हुने बताए ।

एभरेष्ट सूर्य बोहोरा फिल्मस्को ब्यानरमा निर्माण हुने ‘बा’को पटकथा सहलेखनमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।

फिल्मका लागि कलाकारको छनौट कार्य भइरहेको निर्देशक बोहोराले जानकारी दिएका छन्  । अर्काे वर्षको बुबाकै मुख हेर्ने दिन प्रदर्शन गर्ने लक्ष राख्दै आउँदो मंसिरबाट फिल्मको छायांकन थालिने निर्माण टिमले आशा राखेका छन् ।

पुरुषोत्तम प्रधानले खिच्ने फिल्मको छायांकन लम्जुङ र मनाङका विभिन्न स्थानमा हुने भएको छ । फिल्मका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको संगीत रहने भएको छ ।

बोहरा निर्देशित पछिल्लो फिल्म ‘हेलो जिन्दगी’ को हाल पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।