सुत्दा घुर्ने समस्या छ ? अवश्य पढौं

विराटनगर, ७ भदौ । सुतेको समयमा अक्सिजनको कमीले सास नलीमा अवरोध पुग्ने हुँदा सुतेको समयमा निस्किने आवाजलाई घुरेको भनिन्छ ।  

घुर्ने समस्या भएका व्यक्तिले आफ्नै परिवारका सदस्यहरू संगै सुत्न नमान्ने, छिमेकीहरूलाई समेत डिस्टर्ब हुने तथा साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ ।

सन् २०१९ मा बायोटेक्नोलजी सूचना राष्ट्रिय केन्द्रद्वारा गरिएको अध्ययनले दिनमा धेरै समय उभिँदा वा बसिरहेको बेला खुट्टामा जोर पर्दा, वा बेला-बेला हल्लाइरहँदा घुर्ने समस्याको समाधान हुने देखाएको छ ।

१६ जनाको सहभागिता रहेको अध्ययनमा यत्तिकै बस्ने मानिसहरूभन्दा बस्दा खुट्टामा जोर पार्नेहरू निन्द्रामा कम घुर्ने पत्ता लागेको हो ।

दिनभरि बस्दा एकै ठाउँमा खुट्टाका तरल पदार्थहरू जम्मा हुन्छन् । खुट्टाको मांशपेशीमा तरलताको अधिक मात्राले श्वासनली र अन्ननलिलाई साँघुरो बनाउँछ । जसकारण घाँटीमा हावा द्रुत गतिले कम्पन हुने कारण घुर्ने समस्या उत्पन्न हुन सक्छ ।

घुर्ने समस्या भएका व्यक्तिहरूलाई अदुवा र मह हालेको चियाले पनि फाइदा हुने गर्छ । सुत्नुअघि अदुवा र महको चियाको तातो कपको सेवनले र्‍यालको मात्रा बढाएर घाँटीलाई शान्त पार्छ, जसकारण घुर्ने समस्याबाट राहत हुन्छ ।

साथै, भुँइकटहर, केरा, सुन्तला र जैतुनको तेलको सेवनले पनि घुर्ने समस्याबाट केही हदसम्म समाधान गर्छ ।   

Loading...