birat ribon

काठमाडौंका सिडियोको चेतावनी : स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई जेल हाल्छु

Neuro
काठमाडौंका सिडियोको चेतावनी : स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई जेल हाल्छु

काठमाडौं, ७ भदौ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् ।

दाहालले संक्रामक रोग ऐन, २०२० अन्तर्गत स्वास्थ्यकर्मीलाई अवरोध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

cura insider

स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए । घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी दाहालले चेतावनी दिएका हुन् ।

धम्की दिनेलाई पक्राउ गर्न सुरक्षाकमीलाई निर्देशन दिइसकेको बताउँदै उनले भने, ‘सोच्न पनि नसकिने महाअपराध गरिएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले उनीहरूलाई पक्राउ गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको छु ।’

स्वास्थ्यकर्मी राखिएको होस्टेल घेराउ गरेर मनोबन गिराउने बानेश्वरका स्थानीयलाई कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आइतबार नै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित ब्रिफिङका क्रममा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको जानकारी दिए ।

jackson ribon