सुनसरीमा ४४ प्रतिशत संक्रमित निको भएर घर फर्किए

इटहरी, ७ भदौ । सुनसरीमा कुल संक्रमितमध्ये झण्डै ४४ प्रतिशत बिरामी निको भएका छन् । ४३३ संक्रमितमध्ये १ सय ९० जना कोरोनाका बिरामी निको भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

१६ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएकोे संख्याको अनुपातमा ४३ दशमलव ९ प्रतिशत बिरामी निको भएका हुन् ।

सुनसरीमा कोरोना संक्रमित दरप्रति १ हजार जनसंख्या बराबर ०.४९ प्रतिशत रहेको सुनसरीमा संक्रमित संख्याको अनुपातमा ०.४६ प्रतिशत अर्थात् २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सुनसरीमा पीसीआर परीक्षण गरिएकामध्ये कोरोना पोजेटिभ भेटिने दर २ दशमलव ५७ प्रतिशत रहेको प्रति १ हजारमा परीक्षण दर भने १९ जना रहेको सुनसरीमा कुल जनसंख्या ८ लाख ८८ हजार ७ सय ३० मध्ये अहिलेसम्म १६ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सबैभन्दा बढी संक्रमितको संख्या भने धरानमा रहेको छ । संक्रमितको संख्या १ सय १४ धरानमा २ जनाले ज्यान गुमाएका छन् ।

यस्तै इटहरीमा ७९ जनामा संक्रमण पुष्टि भएको तथा बराहक्षेत्रमा १२, इनरुवामा १५, दुहवीमा ६० जनामा संक्रमण देखिएको छ ।

Loading...