लर्डबुद्धमा पदस्थापन

विराटनगर, ७ भदौ । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले पदस्थापना गरेको छ ।

कलेजले आइतबार एक कार्यक्रमको आयोजना गरी कलेजका नवनियुक्त प्रिन्सिपल सरोज भट्टराई, क्याम्पस प्रमुख विक्रम महर्जन, एकाडेमी प्रमुख प्रदीप निरौला, कलेजका को–अर्डिनेट विजय दंगाल, प्रशासनिक प्रमुख विनय गजुरेल, प्रशासनिक अधिकृत राजेश सुवेदी र लेखा प्रमुख गौतमप्रसाद राजवंशीलाई पदस्थापना गरिएको हो । उनीहरुलाई न्यूरो अस्पतालकी सञ्चालिका अनिषा विष्ट, युनिभर्सल लर्डबुद्ध एकाडेमिका अध्यष डा. विरेन्द्र बिष्ट र न्यूरो अस्पतालका निर्देशक राजेश भट्टराईले पदस्थापन गरेका छन् ।

नवनियुक्त प्रिन्सिपल भट्टराईले न्यूरो अस्पताल विराटनगरले स्वामित्व ग्रहण गरेपश्चात शैक्षिक बिधिहरु नवीनतम र आधुनिक ढंगबाट सञ्चालन गरेको बताए । कलेजले कोरोना संक्रमणलाई मध्यनजर गर्दै हरेका कक्षा कोठामा सामाजिक दुरी कायम गर्दै प्रत्येक डेक्स बेन्च व्यवस्था गरिएको प्रिन्सिपल भट्टराईले बताए ।

Loading...