Rumpum

Rumpum Advertisement

बोलोग्नाका प्रशिक्षकमा कोरोना पुष्टि

बोलोग्नाका प्रशिक्षकमा कोरोना पुष्टि

एजेन्सी, ७ भदौ । इटालियन क्लब बोलोग्नाका प्रशिक्षक सिनिसन मिहाल्जोभिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा मिहाज्जोभिको रिपोर्ट पोजिटिभ देखिएको क्लबले विज्ञप्ति निकाल्दै जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दैए क्लबले मिहाल्जोभिक कोरोनाबाट संक्रमित भएको जनाउँदै उनी दुई साताका लागि आइसोलेशनमा रहेको जनाएको छ ।

‘शुक्रबार प्रशिक्षणमा फर्किएपछि गरिएको परीक्षणमा मिहाल्जोभिकको कोभिड–१९ पोजिटिभ देखिएको छ । हाल उहाँ स्वास्थ्यसम्बन्धी राष्ट्रिय प्रोटोकलअनुसार दुई हप्ताका लागि आइसोलेशनमा रहनु भएको छ,’ क्लबले भनेको छ ।

यसैगरी सोमबार फर्स्ट टिमका खेलाडी र स्टाफहरूको कोरोना परीक्षण हुने बोलोग्नाले जनाएको छ ।