Rumpum

Rumpum Advertisement

ग्रीनल्याण्ड कलेजद्वारा प्रहरीलाई फेस शिल्ड वितरण

ग्रीनल्याण्ड कलेजद्वारा प्रहरीलाई फेस शिल्ड वितरण

विराटनगर, ७ भदौ । ग्रीनल्याण्ड कलेज कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई फेस शिल्ड वितरण गरेको छ ।

कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमका साथ अग्रमोर्चामा कार्यरत नेपाल प्रहरीलाई आज कलेजमा एक कार्यक्रमक आयोजना गर्दै तीन सय थान फेस शिल्ड वितरण गरेको हो ।

कलेजका प्रिन्सिपल दीपक पोखरेल तथा वडा प्रहरी कार्यालय विराटनगर(क)का प्रहरी प्रमुख डिसपी वेदप्रसाद गौतमले सो फेस शिल्ड हस्तान्तरण गरेको कलेजका सञ्चालक दिनेश दाहालले जानकारी दिए ।