काठमाडौंमा संक्रमित घटे

काठमाडौं, ७ भदौ । काठमाडौं उपत्यकामा संक्रमितको संख्या पछिल्लो २४ घण्टामा घटेको छ ।

आइतबार उपत्यकामा १ सय ६६ जना संक्रमित भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना संक्रमित भएका छन् ।

शनिबार काठमाडौंमा २१६ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौंमा सय जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना नयाँ संक्रमित थपिएका थिए ।

Loading...