इटहरीमा ७८ कोरोना संक्रमित, कुन वडामा कति ?

तस्बीर : सामाजिक सञ्जाल

इटहरी, ७ भदौ । इटहरीमा आजसम्म कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । संक्रमितमध्ये ६२ पुरुष र १६ महिला छन् ।

इटहरी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलका अनुसार दुई हजार नौ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसमा इटहरी नगरभित्र स्वाब संकलन गरिएकामध्ये ६५ र अन्यत्र परीक्षण गरिएका १३ जना रहेका छन् ।

संक्रमितमध्ये इटहरीको वडा नं. १ मा पाँचजना, २ मा पाँचजना, ४ मा छजना, ५ मा सातजना, ६ मा १० जना, ७ मा दुईजना, ८ मा दुईजना, ९ मा आठजना, ९ मा आठजना, ९ मा आठजना छन् ।

त्यस्तै, ११ नम्बर वडामा एकजना, १२ मा दुईजना, १४ मा दुईजना, १६ मा एकजना, १७ मा एकजना, १८ मा एकजना, १९ मा दुईजना र २० नम्बर वडामा नौजना संक्रमित पुष्टि भएका छन् ।

त्यसबाहेक इलाका प्रहरी कार्यालय इटहरीका आठजना प्रहरी, चारजना थुनुवा, कृषि विकास बैंकका एक कर्मचारी र सप्तरीका एकजना छन् ।

इटहरीका संक्रमितमध्ये १८ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने ३५ जना होम आइसोलेसनमा छन् । संक्रमितमध्ये २५ जना निको भइसकेको सिग्देलले जानकारी दिए ।

Loading...