Rumpum

Rumpum Advertisement

मालिंगाले आईपीएलका सुरुआती चरणका खेलहरू गुमाउने

मालिंगाले आईपीएलका सुरुआती चरणका खेलहरू गुमाउने

एजेन्सी, ७ भदौ । मुम्बई इन्डियन्सका फास्ट बलर लासिथ मालिंगाले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुआती चरणका खेलहरू गुमाउने भएका छन् ।

घरायसी कारण श्रीलंकाका भेट्रान बलर मालिंगाले दुवईमा आयोजना हुने आईपीएलका सुरुआती खेल गुमाउने भएका हुन् ।

क्रिकइन्फोको अनुसार मालिंगाको बुबा बिरामी रहेको र उनको आगामी साता शल्यक्रिया गर्नुपर्ने भएकाले उनले सुरुआती खेल गुमाउने भएका हुन् । मुम्बईको टिम शुक्रबार युएई प्रस्थान गरेपनि मालिंगा भने श्रीलंकामै रहेको बताइएको छ ।

कोरोना महामारीका कारण यस सिजनको आईपीएल यूएईमा आयोजना हुँदैछ । आईपीएल १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुने तालिका छ ।