Rumpum

Rumpum Advertisement

ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका वागमती नदीमा बेपत्ता

ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका वागमती नदीमा बेपत्ता

वीरगञ्ज, ७ भदौ । ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता भएका छन् ।

रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा आइतबार बिहान ऋषि पञ्चमीको अवसरमा नुहाउन गएका तीन जना बालिकाहरू डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काका अनुसार गढिमाई नगरपालिका वडा नम्बर.७ स्थित बागमती नदीको धरमपुर घाटमा नुहाउन गएका स्थानीय भदै मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी मुखिया, लक्षुमण दासको १२ वर्षीया छोरी सुसिताकुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी मुखिया बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी सहायक निरीक्षक क्षेत्रबहादुर बडुवालको कमाण्डमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन भएको र बेपत्ता बालिकाहरूको खोजी जारी रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।