लामो समयसम्म मास्क लगाएका कारण सास गनाउने समस्या उत्पन्न हुने

विराटनगर, ७ भदौ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि लगाएको मास्कका कारण मुख गनाउने समस्या उत्पन्न हुन सक्ने बताइएको छ ।

मास्क लगाएका कारण भएको मुखको समस्या वा मुखको दुर्गन्धबाट राहत खोज्ने बिरामीहरूको संख्या बढिरहेको दन्त चिकित्सकहरू बताउँछन् । न्यू योर्कमा एक पीरियडन्टिस्ट डा. रोब राईमोन्डीका अनुसार ‘मास्क माउथ’ अर्थात् मास्कका कारण मानिसहरूमा देखिन थालेको खराब मौखिक स्वास्थ्यसँग जोडिएको छ ।

डा. रोबले धेरै मानिसहरूमा सुन्निने समस्या, क्याभिटिज, दाँतसम्बन्धी रोग तथा गिजाका रोगहरू बढिरहेको जनाएका छन् । न्यू योर्कका अर्का पिरियडोन्टिस्ट डा. मार्क स्लाफानीका अनुसार मास्क लगाएर मुखबाट सास फेर्दा मास्क माउथको समस्या उत्पन्न भएको हो । सबैको मुखमा सामान्य ब्याक्टेरियाहरू हुन्छन् जसले र्यालसंग मिलेर दाँतलाई भिजाइराख्ने काम गर्छ ।

तर, ¥यालको अभावमा प्लेगहरू अधिक दाँतमा टाँसिन्छन् जसले मुख गनाउने समस्या निम्त्याउने गर्छ । त्यस्तै, टेनेसी मेम्फिसका डेन्टिस्ट डा. ब्लेक बिलअप्सले कुनै पनि समयमा मुख सुख्खा हुनेबित्तिकै दाँतमा क्षति पुग्ने र गिजासम्बन्धी रोग हुने सम्भावना बढी हुने बताए । सासको दुर्गन्ध जीवाणुको असर कम गर्नका लागि मुख सुख्खा हुन नदिन पानी पिउने सल्लाह दिन्छन् ।

मास्क माउथ अघि ‘मास्कने’ अर्थात् लामो समयसम्म मास्क लगाएका कारण अनुहारमा एक्ने, दाग तथा छालाका समस्याहरू हुन सक्ने बताइएको थियो ।

Loading...