Rumpum

Rumpum Advertisement

नीताको स्वरमा ‘गणेश भजन’ (भिडियोसहित)

नीताको स्वरमा ‘गणेश भजन’ (भिडियोसहित)

विराटनगर, ७ भदौ । नायिका नीता ढुंगानाको स्वर रहेको ‘गणेश भजन’ सार्वजनिक भएको छ ।

गणेश चतुर्थीको अवसर पारेर नवनीता इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट गीतलाई सार्वजनिक गरिएको हो । ७ मिनेट बढी लामो गणेश मन्त्रको भजन पुरानै शब्दमा रहेको छ । भजनको भिडियोमा नायिका ढुंगानाको नै अभिनय छ । रामजी लामिछानेले निर्देशन गरेको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने भिडियोमा बनिष शाहको सम्पादन रहेको छ ।

यो भजनसँगै नायिका ढुंगानाले गायनमा आफ्नो हात अगाडि बढाएकी छिन् । २४ घण्टामा एक लाख बढी भ्युज कमाएको भिडियोलाई सबैले मन पराएका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।