नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार नजिक

विराटनगर, ७ भदौ । नेपालमा आइतबार थप ८१८ जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप २२० महिला र ५९८ पुरुष गरी ८१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ८ हजार २६ परीक्षणमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यस्तै आज थप तीन जनाकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १४९ पुगेकाे छ ।

Loading...