Rumpum

Rumpum Advertisement

आइतबार थप २८१ जना कोरोनाबाट निको भए

आइतबार थप २८१ जना कोरोनाबाट निको भए

विराटनगर, ७ भदौ । आइतबार नेपालमा थप २८१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप २८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १८ हजार ६२१ पुगेको छ ।

संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । आइतबार २२० महिला र ५९८ पुरुष गरी थप ८१८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यस्तै आज थप तीन जनाकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १४९ पुगेकाे छ ।