विराटनगरमा थपिए ४२ संक्रमित, एउटै वडामा १२ जना

विराटनगर, ७ भदौं । विराटनगरमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा १८ महिलासहित ४२ संक्रमित थपिएका हुन ।

थपिएका संक्रमित मध्ये एउटै वडामा १२ जना छन् ।

विराटनगर महानगरपालिका– १ मा तीनजना, वडा नम्बर २ मा दुईजना, ३ मा एकजना, ६ मा एकजना र ७ मा एकजना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै विराटनगर – ८ मा ७ महिला र पाँच पुरुषसहित १२ जना, वडा नम्बर ९ मा दुईजना, वडा नम्बर १० मा तीनजना, ११ मा पाँचजना, १२ मा एकजना, वडा नम्बर १५ मा छजना, १८ मा दुई जना र वडा नखुलेका एकजनामा कोरोना संक्रमित थपिएका हुन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ८४९ पुगेको छ । संक्रमित मध्ये नौ जनाको मृत्यु भइसकेको छ ।

Loading...