कमजोर प्रतिरक्षा प्रणालीका कारण शरीरले देखाउने केही संकेतहरू

विराटनगर, ७ भदौ । कोरोना भाइरस र अन्य संक्रामक रोगविरुद्ध लड्नका लागि प्रतिरक्षा प्रणाली निकै नै महत्वपूर्ण हुन्छ ।

शरीरलाई स्वस्थ राख्नका लागि प्रतिरक्षा प्रणालीले चौबीसै घण्टा काम गरिरहेको हुन्छ । अध्ययनअनुसार, कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै जोखिममा तथा प्रभावित हुन्छन् । मानिसहरूलाई आफ्नो प्रतिरक्षा प्रणाली कमजोर भएको थाहा नहुन सक्छ । प्रतिरक्षा प्रणाली कमजोर भएको खण्डमा शरीरले विभिन्न संकेतहरू देखाउन सक्छन् । पटक–पटक बिरामी हुनु कमजोर प्रतिरक्षाको सबभन्दा स्पष्ट संकेत हो ।

कमजोर प्रतिरक्षा प्रणाली भएको मानिसको शरीरलाई हानिकारक ब्याक्टेरिया, फंगाई, भाइरसहरू हटाउन सक्दैन, जसको कारण संक्रमण हुने तथा रोग लाग्ने सम्भावना बढी हुन्छ । साथै, रोग निको हुन तथा घाउ निको हुन धेरै समय लागेमा पनि प्रतिरक्षा प्रणाली कमजोर रहेको बुझ्नु पर्छ । यदि केही काम नगर्दा पनि थकान महसुस हुन्छ भने, तपाईंको इम्यून सिस्टम शरीरलाई स्वास्थ्य राख्नका लागि संघर्ष गरिरहेको छ भन्ने संकेत हो ।

कमजोर प्रतिरक्षा प्रणाली तथा शरीरलाई संक्रमणसँग लड्नलाई उर्जाको सामान्यभन्दा स्तर बढी उर्जाको आवश्यकता हुन्छ । फलस्वरूप केही काम नगर्दा पनि थकित महसुस हुने गर्छ । लगातार पखाला वा कब्जियतजस्ता पेटका समस्याहरू हुने गर्दा पनि यो कमजोर प्रतिरक्षा प्रणाली संकेत हुन सक्छ । जिब्रो वा गालामा टोक्दा मुखको अल्सर (घाउ) हुने गर्छ । तर, बारम्बार मुखमा अल्सर भएमा कमजोर प्रतिरक्षा प्रणालीको संकेत हुन सक्छ ।

तनावका कारण पनि मुखको अल्सर निम्तिन सक्छ र तनाव पनि एक कमजोर प्रतिरक्षा प्रणालीको संकेत हो । तनाव, चिन्ता, मदिरा जस्ता चीजहरूले प्रतिरक्षामा नकारात्मक प्रभाव पारी हामीलाई संक्रमण हुने खतरामा पार्न सक्छ । त्यसैले स्वस्थ खाना खाएर र स्वस्थ जीवनशैली अपनाएर प्रतिरक्षालाई बलियो राख्नु महत्वपूर्ण मानिन्छ ।

Loading...