Rumpum

Rumpum Advertisement

मोरङमा ५० सहित प्रदेशमा थपिए ७० संक्रमित, २५ जना संक्रमण मुक्त

मोरङमा ५० सहित प्रदेशमा थपिए ७० संक्रमित, २५ जना संक्रमण मुक्त

विराटनगर, ७ भदौ । माेरङमा ५० सहित आइतबार प्रदेश १ मा ७० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २७ महिला र ४३ पुरुष थपिएका हुन । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये मोरङमा मात्रै ५० जना छन् । झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् ।

मोरङको बुढीगंगामा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा संक्रमण मुक्त हुनेको संख्या १ हजार २ सय ६७ पुगेको छ ।