Rumpum

Rumpum Advertisement

रुसले कोरोना भाइरसको दोस्रो खोप बनाएको दाबी

रुसले कोरोना भाइरसको दोस्रो खोप बनाएको दाबी

विराटनगर, ७ भदौ । रुसले कोरोना भाइरसको दोस्रो खोप बनाउन सफल भएको दाबी गरेको छ ।

कोरोना भाइरसको खोप ल्याउने विश्वको पहिलो देश बनेको रुसले ‘इपि वाक कोरोना’ नाम दिइएको दोस्रो खोप बनाएको दाबी गर्दै यसको कुनै साइड इफेक्ट नभएको बताएको हो । यो दोस्रो नयाँ खोप ‘स्पुतनिक भी’ भनेर चिनिन्छ, पहिलो खोपभन्दा फरक रहेको बताइएको छ । रूसको भेक्टर स्टेट रिसर्च सेन्टर भोरोलोजी एन्ड बायोटेक्नोलजीले विकसित गरेको हो । दोस्रो कोभिड १९ खोपको प्रारम्भिक परीक्षणमा नै सकारात्मक नतिजा आएको हो ।

रुसी वैज्ञानिकहरूले नयाँ खोपको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने बताएका छन् । ५७ व्यक्ति र मुसाहरूमाथि गरिएको नयाँ खोपको ट्रायलमा उनीहरू पूर्णरुपमा स्वस्थ र राम्रो महसुस गरिरहेको पनि दाबी गरिएको छ । १४ देखि २१ दिनको अन्तरालमा दुई पटक खोप दिएपछि प्रभावकारी प्रतिरक्षा प्रतिक्रिया प्रदान गर्ने छ ।

रुसले यो नयाँ खोपलाई अक्टोबरमा दर्ता गरी नोभेम्बरसम्म उत्पादन गर्ने आशा राखेको छ । तर, रुसको पहिलो खोप ‘स्पूतनिक भी’ जस्तै दोस्रो खोपबारे पनि चिन्ता व्यक्त गरिरहेका छन् । संसारमा रुस मात्रै खोप विकास गरिरहेको एक्लो देश भने होइन । विश्वमा २० भन्दा धेरै खोप मानिसमा परीक्षण भइरहेको बेला एक सयभन्दा धेरै खोप सुरुवाती चरणमा रहेका छन् ।