सुनको मूल्य घट्यो

काठमाडौं, ७ भदाै । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो ।

पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासंघले जनाएको छ ।

Loading...