कोरोनाको अनुसन्धान गर्न सांगीतिक कन्सर्ट

एजेन्सी, ७ भदौ । भीडभाड भएको स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम के–कसरी बढ्छ भन्ने सम्बन्धमा अनुसन्धान गर्न जर्मनीका वैज्ञानिकहरूले दर्शकको घुइँचो लाग्नेगरी तीन वटा सांगीतिक कन्सर्ट आयोजना गरेका छन् ।

उक्त कन्सर्टहरूमा १८ देखि ५० वर्षसम्मका १५ सय स्वस्थ स्वयमंसेवकहरूले भाग लिएको बीबीसीले जनाएको छ ।

जर्मनीको हेल विश्वविद्यालयले गरेको उक्त प्रयोगका अनुसन्धान प्रमुख डा. स्टिफन मोटिजले आफूहरू अनुसन्धानबाट सन्तुष्ट भएको र आगामी दिनमा सामाजिक दूरीसम्बन्धी नयाँ वैज्ञानिक प्रावधानहरू तयार गर्न उक्त प्रयोगले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

Loading...