सिनसिनाटी ओपन : मर्रेद्वारारा टियाफोए पराजित

एजेन्सी, ७ साउन । वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनमा बेलायती खेलाडी एन्डी मर्रेले जित निकालेको छन् ।

नौ महिनापछि प्रतिस्पर्धामा फर्किएका मर्रेले अमेरिकन खेलाडी फ्रान्सेस टियाफोएलाई हराएका हुन् ।

न्युयोर्कमा भएको पहिलो खेलमा मर्रेले टियाफोइमाथि ७–६ (६), ३–६ र ६–१ को जित निकाले । उनले २ घण्टा २८ मिनेटमा टियाफोएमाथि जित निकालेका हुन् ।

मर्रे सन् २०१९ को नोभेम्बरपछि प्रतिस्पर्धामा खेलमा फर्किएका हुन् ।

Loading...