बाँकेमा ४१ प्रहरीसहित ४६ जना संक्रमित निको भए

बाँके, ७ भदौ । बाँकेमा आइतबार ४१ प्रहरीसहित ४६ जना कोरोना संक्रिमित निको भएका छन् ।

आज वडा प्रहरी कार्यालय नेपालगञ्जका ४१ जना, नेपालगञ्ज उपमहानगरका ४ जना र कोहलपुरका १ जना गरी ४६ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

आइतबारसम्म बाहिरी जिल्लाका समेत ८ सय २१ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय १४ जना संक्रमण मुक्त भई डिस्चार्ज भई सकेका छन् ।

कोरोना फोकलपर्शन श्रेष्ठले बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा अझै पनि २ सय ३ जनाको उपचार भइरहेको जानकारी दिए । बाँकेमा कोरोना संक्रमणको कारण ४ जनाको मृत्यु भइसकेको छ ।

Loading...