Rumpum

Rumpum Advertisement

फाइनलअघि बायर्नका प्रशिक्षकले गरे पीएसजीको प्रशंसा

फाइनलअघि बायर्नका प्रशिक्षकले गरे पीएसजीको प्रशंसा

एजेन्सी, ७ साउन । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा भिड्नुअघि जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशंसा गरेका छन् ।

च्याम्पियन्स लिगको उपाधि भिडन्त अगाडि बोल्दै जमर्न च्याम्पिन्स क्लब बायर्नका प्रशिक्षक फ्लिकले पीएसजी विश्वकै उत्कृष्ट क्लबमध्ये एक रहेको बताएका हुन् ।

आज नेपाली समयानुसार राति १२ः४५ बजे च्याम्पियन्स लिगको उपाधि जित्न बायर्न र पीएसजी खेल्दैछन् । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यस खेलमा बायर्न र पीएसजी एक–अर्कालाई हराउँदै उपाधि जित्ने योजनामा छन् ।

बायर्न र पीएसजीले च्याम्पियन्स लिगमा आठ पटक भेट गरेका छन् । समूह चरणअन्तर्गत जसमा भएका भेटमा पीएसजीले पाँच पटक र बायर्नले तीन पटक जित निकालेका छन् । पछिल्लो पटक २०१७ मा यी दुईले एक–अर्काको सामना गरेका थिए ।

‘हामीले पीएसजीको सामना गर्दैछौं र विश्वकै उत्कृष्ट क्लबमध्ये एक रहेको पीएसजीसँग उपाधिका लागि खेल्न पाउँदा हामी उत्साहित छौं । उनीहरूसँग महान प्रशिक्षक छन्, व्यक्तिगत रूपमा वा प्रशिक्षकको रूपमा म थोमस टुचेलको कदर गर्छु,’ खेलको पूर्वसन्ध्यामा उनले भने ।

यसैगरी उनले पीएसजीसँग उत्कृष्ट खेलाडीहरू भएकाका कारण फाइनल खेल रोचक हुने बताए । ‘पेरिससँग धेरै नै उत्कृष्ट खेलाडी छन् । यसैले पनि फाइनल खेल चाखलाग्दो हुनेछ’, उनले भने ।