रियलले एम्बाप्पे वा नेयमारमध्ये एक जना भित्र्याउनुपर्छ : रोनाल्डो

एजेन्सी, ७ भदौ । ब्राजिलियन जिलेण्ड रोनाल्डो नाजारियोले पूर्वक्लब रियल मड्रिडले नेयमार र किलियन एम्बाप्पेमध्ये एक जना भित्र्याउनु पर्ने बताएका छन् । रियलका पूर्वखेलाडीसमेत रहेका रोनाल्डोले हालै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

केही समयअघि ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पे स्पेनिस च्याम्पियन रियलसँग जोडिएका थिए । बार्सिलोनाबाट सर्वाधिक महंगो बन्दै पीएसजी गएका नेयमार र विश्वकप विजेता एम्बाप्पे दुवै एकपछि अर्को गर्दै रियलले अनुबन्ध गर्ने चर्चा थियो ।

२८ वर्षीय नेयमार र २१ वर्षीय एम्बाप्पेले हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका छन् । दुवै स्टारले पीएसजीलाई युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

‘वर्तमान अवस्थामा कोही खेलाडी कोहीभन्दा कोही कम छैनन् । तर, रियलले ठूलो लगानी गर्न चाहन्छ भने नेयमार वा एम्बाप्पेमध्ये एक जना अनुबन्ध गर्नुपर्छ,’ रोनाल्डोले भने .

‘नेयमार २८ वर्षका छन् र नेयमार २१ वर्षका छन् । दुईमध्येमा रियलले जवान खेलाडी भित्र्याउनु धेरै उचित हुनेछ,’ उनले थपे ।

नेयमारकाे विषयमा बाेल्दै उनले भने, ‘यो सिजनको सुखद अन्त्य गर्न नेयमारलाई च्याम्पिन्स लिग जित्न जरुरी छ । उनले पछिल्ला केही खेलमा धेरै नै राम्रो खेलेका छन् । विशेषगरी लिस्बोनमा भएका फाइनल चरणका खेलमा ।’

Loading...