Rumpum

Rumpum Advertisement

ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गर्दै टिकटक

ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गर्दै टिकटक

विराटनगर, ७ भदौ । टिकटकले अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

प्रशासनले टिकटकलाई अमेरिकी कम्पनीहरूसँग अन्तक्र्रिया गर्न प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरेको हो । टिकटकका एक प्रवक्ताले प्रशासनका चिन्ताका विषयमा कडा विमति राखे पनि लगभग एक वर्षदेखि सकारात्मक समाधानका लागि असल उद्देश्यले काम गर्न चाहेको बताए ।

तर, ट्रम्प प्रशासनले समुचित प्रक्रियाको अवसर नदिएको कारण अदालत जानुबाहेक अरु कुनै विकल्प नरहेको चनको भनाइ छ । कानूनी प्रक्रिया यही हप्ता नै सुरु हुने अपेक्षा रहेको टिकटकले जनाएको छ । ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार आउँदो सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबार प्रतिबन्धित गरी अमेरिकामा टिकटक सञ्चालनको अधिकार अमेरिकी कम्पनीलाई प्रदान गर्नु पर्ने दबाब दिइएको थियो ।

टिकटकले अमेरिकी प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चीन सरकारलाई प्रदान गर्न सक्ने भन्दै वासिङ्गटनले चिन्ता व्यक्त गर्दै आएको छ । बाइटडान्सले भने सो कुरा अस्वीकार गर्दै आएको छ ।