Rumpum

Rumpum Advertisement

विश्वभर प्रत्येक दिन झन्दै छ हजार कोरोना संक्रमितको मृत्यु

विश्वभर प्रत्येक दिन झन्दै छ हजार कोरोना संक्रमितको मृत्यु

विराटनगर, ७ भदौ । कोरोना भाइसरको महामारीका कारण प्रत्येक दिन झन्दै छ हजार व्यक्तिको मृत्यु भइरहेको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार विश्वभर हरेक २४ घण्टामा लगभग पाँच हजार नौ सय कोरोना संक्रमितहरूको ज्यान गइरहेको छ । विश्वमा हरेक घण्टा दुई सय ४७ कोरोना संक्रमित र हरेक १५ सेकेन्डमा एक संक्रिमतको मृत्यु भइरहेको छ । यो तथ्यांक गत दुई हप्ताको डाटामा आधारित रहेको बताइन्छ ।

विश्वव्यापीरूपमा दुई करोड ३३ लाखभन्दा बढी मानिसहरू संक्रमित भएका छन् भने हालसम्म कोरोना महामारीको कारण ज्यान गुमाएको व्यक्तिको संख्या आठ लाखभन्दा बढी पुगिसकेको छ । विश्वभर अन्य देशहरूको तुलनामा संयुक्त राज्य अमेरिका, ब्राजिल, मेक्सिको र भारतमा मर्नेहरूको संख्या वृद्धि भइरहेको छ ।