Rumpum

Rumpum Advertisement

‘डार्क मुन’ सार्वजनिक

‘डार्क मुन’ सार्वजनिक

काठमाडौं, ७ भदौ । रामजी ज्ञवालीको निर्देशनमा तयार भएकाे छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक भएकाे छ । चलचित्रलाई द सेलिब्रेटी टाइम्सकै युट्युब च्यानलमार्फत् चलचित्र सार्वजनिक भएकाे हाे ।

चलचित्रमा साहिल खान, सूर्या थापा, क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् । त्यस्तै तनुजा कार्की, निशाव लम्साल, यूमी बरालले यसमा अभिनय गरेका छन् ।

सामाजिक यथार्थ घटनालाई ‘डार्क मुन’मार्फत् देखाउन खोजिएको छ ।

डार्क मुनको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । चलचित्रमा सुदीप बरालको डीओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, विशाल निरौलाको गायन तथा संगीत, साहिल खानको सम्पादन छ ।