वीरगन्जमा कोरोनाले थप एक महिलाको मृत्यु

विराटनगर, ७ भदौ । वीरगन्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कोभिड अस्पतालको आइसियूमा साउन २४ गतेदेखि भर्ना गरिएकी वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुका मृत्यु भएको अस्पतालले जनाएको छ । महिला गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थिइन् ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । महिलामा खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरेर परीक्षण गराउँदा साउन २४ गते कोरोना पुष्टि भएको हो ।

महिलाको मृत्युसँगै वीरगन्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।

Loading...