टिकटक र ट्रम्पबीच सुरु भयो कानुनी लडाइँ

विराटनगर, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाएसँगै उनीसँग टिकटकको कानुनी लडाइँ सुरु भएको छ ।

चिनियाँ भिडियो एप्लिकेशन टिकटकले ट्रम्पविरुद्ध कानुनी प्रक्रिया सुरु गरेको हो । ट्रम्पले आगामी सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबार प्रतिबन्धित हुने कार्यकारी आदेश जारी गरेका थिए । उक्त आदेशविरुद्ध टिकटकले कानुनी प्रक्रिया अघि बढाएको हो ।

आदेशमा सेप्टेम्बरअघि नै टिकटकको सञ्चालनको आधिकारिकता अमेरिकी कम्पनीलाई प्रदान गर्नु पर्ने दबाब छ। टिकटकले अमेरिकी प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चीन सरकारलाई प्रदान गर्न सक्ने भन्दै वासिङ्गटनले चिन्ता व्यक्त गर्ने गरेको छ। बाइटडान्सले भने सो कुरा अस्वीकार गर्दै आएको छ।

अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ता छन्। शुक्रबार चिनियाँ–अमेरिकीहरुको समूहले वीच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशविरुद्ध पनि मुद्दा दायर गरेका थिए ।

Loading...