प्रदेश १ सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर, ७ भदौ । प्रदेश १ सहित मुलुकका अन्य चारवटा प्रदेशमा आइतबार (आज) भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, गण्डकी , कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । अहिले पनि केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मुलुकभर दिउँसो सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेका कारण वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

Loading...