सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

एजेन्सी, ७ भदौ । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध क्लब जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगातार दोस्रो हार ब्यहोरेको छ ।

शनिबार राति तेस्रो खेल खेलेको तल्लावाज गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।

ट्रीनिडाड स्टेडियममा भएको खेलमा अमेजनले दिएको ११९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रन मात्र बनाउन सक्यो ।

जमैकाका आन्द्रे रुसेलले अजिवित ५२ रन जोडे भने कप्तान रोभमान पावेलले २३ रन बनाए । यस्तै असिफ अलीले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ क्रिस ग्रिलले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अमेजनले गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै ११८ रन बनाएको थियो ।

उसका लागि ब्रान्डन २३ रन बनाए भने चन्द्रपल हेमराज र रोस टेलरले समान २१–२१ रन जोडे ।

बलिङतर्फ मुजिव रहमान र कार्लोस ब्रेथवेटले समान ३–३ विकेट लिए भने सन्दीपले दुई विकेट लिए । उनले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएका हुन् ।

४ ओभर बलिङ गर्दै ८ रन खर्चिँदै उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।

जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो । यसअघि पहिलो खेलमा सन्दीपले ट्रिनबागोबिरुद्ध ४ ओभर बलिङ गरेर २३ रन खर्चिँदै १ विकेट लिएका थिए ।

दोस्रो खेलमा सेन्ट लुसिया जोउक्सबिरुद्ध ४ ओभरमा ३० रन खर्चिएर १ विकेट हात पारेका थिए ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।

Loading...