विराटनगरमा सुरु भयो नि:शुल्क खाना वितरण अभियान

विराटनगर, ६ भदौं । विराटनगरका युवाहरुले पून निशुल्क खाना वितरण अभियान सुरु गरेका छन् ।

लकडाउन अवधीभर विराटनगरको सडकमा बस्ने तथा विपन्न नागरिकलाई खाना वितरण गरेका युवाहरुले शनिबारबाट पून खाना वितरण सुरु गरेका हुन ।

कोरोना संक्रमण नियन्त्रणका लागि विराटनगरमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा सडकमा बस्नेहरु भोकभोकै भएको जानकारी आएपछि खाना वितरण अभियान सुरु गरेको अभियान्ता ओसिम आलमले जानकारी दिए ।

शनिबार बजार क्षेत्रमा १०८ जनालाई बसेकै ठाउमा खाना पूर्याइएको उनले बताए । ‘ भोकभोकै रहेको जानकारी पाएपछि आजैबाट निःशुल्क खाना वितरण अभियान सुरु गरेका छौं ।’ आलमले भने ‘ निषेधाज्ञा अवधीभार वितरण गर्छाै ।’

Loading...