विराटनगरमा होटल आइसोलेसन, एसियाटीकमा ६५ बेड तयार

विराटनगर,६ भदौ । विराटनगरमा होटल आइसोलेसन सञ्चालान गरिने भएको छ । होटल एसियाटिकमा होल्डिङ आइसोलेसन सञ्चालन गरिने भएको हो ।

विराटनगर महानगरपालिकाले होटलसँगको समन्वयमा ६५ बेडको होल्डिङ आइसोलेशन सञ्चालनको तयारी गरेको हो ।

शनिबार विराटनगरका मेयर भीम पराजुली र होटल सञ्चालक पुन्य भट्टराई , विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुम रमेश कार्की,स्वास्थ्य निरिक्षक हैदर अली सहितको टोलीले होटलमा आइसोलेसन चलाउने बिषयमा छलफल गरेको थियो ।

होटलमा आइसोलेसन बनाउने र त्यसका लागि आबश्यक स्वास्थ्य प्रबन्ध विराटनगर महानगरले मिलाउने संझौता भएको होटल सञ्चालक भट्टराइले जानकारी दिए ।

संक्रमित ब्याक्तिलाई होटलमा राखिनेछ । जसका लागी ६५ बेड तयार गरिएको छ । न्यून शुल्कमा होल्डिङ आइसोलेशन सञ्चालनको तयारी भएको उनले बताए ।

Loading...