कोरोना संक्रमणबाट वाग्मती प्रदेशमा २९ जनाको मृत्यु

हेटौँडा, ६ भदों । कोरोना संक्रमणका कारणा वाग्मती प्रदेशमा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

मकवानपुरको हेटौँडाका एक महिला र दुई पुरुषसहित प्रदेशमा मृत्यु हुनेकाे संख्या २९ पुगेकाे हाे ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेशमा ७३४ जना कोरोना संक्रमित उपचारपश्चात् घर फर्केका छन् । संक्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या २६० छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा संक्रमित फेला परेपछि निषेधाज्ञा जारी गरिएकाे छ । रासस

Loading...