Rumpum Advertisement

वडा अध्यक्षले पाएनन् भेण्टीलेटर, अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

वडा अध्यक्षले पाएनन् भेण्टीलेटर, अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु

विराटनगर, ६ भदौं । शनिबार घरमै बसिरहेको अवस्थामा सुनसरी कोशी गाउँपालिका २ का वडा अध्यक्ष ४५ वर्षीय हिरालाल यादवलाई हृदयघात भयो । सुरूमा उनकाे अवस्था सामान्य थियाे । आफन्तले विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगे । धरानले भेण्टिलेटर भएकाे अस्पताल लैजान भन्याे ।

हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोडसम्म पूर्याइयो । तर समयमा नै भेण्टिलेटर नपाउँदा उनको मृत्यु भयो ।

विराटनगर र धरानमा भेण्टीलेटर नभेटिएका यादवको बीएण्ड सी अस्पताल विर्तामाेड पुर्याएर फर्काउने क्रममा ज्यान गएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिए।

यादवलाई शनिबार दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो ।

कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर पाइएन् । विर्तामोडमा भेण्टिलेटर रहेको जानकारी पाएपछि बीएण्ड सी अस्पताल लगेका थिए । तर मुटुको भल्व थुनिएको बताउँदै अस्पताले विराटनगर र धरान मध्ये एक ठाउ लैजान भन्दै फर्काइदियो । ‘विर्तामोडबाट फर्काएपछि मैले अस्पतालमा कुरा गर्दै थिए ।’ गाउँपालिका अध्यक्ष अन्सारीले भने ‘ विराटनगर धरान कतै भेण्टिलेटर खाली थिएन्, बाटाेमाे मृत्यु भयाे ।’

उनका अनुसार धरानले सामान्य जाँच पछि भेण्टिलेटर भएको अस्पतालमा लैजान आग्रह गरेको थियो । धरानमा भेण्टिलेटर नभएपछि अध्यक्ष अन्सारीले विराटनगरका अस्पतालहरुमा सम्पर्क गरे । तर कतै खाली भएको जवाफ पाएनन् ।

‘यहाँ भेण्टिलेटर नपाएपछि विर्तामोडमा छ भन्ने जानकारी आयो । विर्तामोडमा वडा अध्यक्षको ज्वाई पनि हुनुहुन्थ्यो ।’ उनले भने ‘ विर्तामोड पूर्याइयो तर उपचार भएन् ।’