विराटनगर, ६ भदौ । विराटनगर भन्सार कार्यालयमा कार्यरत थप तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार तीनजना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीनजना संक्रमित थपिए भन्सार कार्यालयमा मात्रै संक्रमित कर्मचारीको संख्या सात पुगेको छ । यस अघि १ भदाैमा चारजना कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । संक्रमितलाई भन्सारले बनाएको होल्डिङ आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएका सात जनाकाे अवस्था सामान्य छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भन्सार कार्यालयले जाँचपासमा सतर्कता अपनाएको छ । थोरै कर्मचारी प्रयोग गरी सतर्कता अपनाएर नियमित काम भइरहेको विराटनगर भन्सार कार्यालय प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए ।