विराटनगरमा थप ३३ जनामा कोरोना, कुन वडामा कति ?

विराटनगर, ६ भदौं । विराटनगरमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार २० महिला र १३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शनिबार विराटनगर– १ मा एकजना, वडा नम्बर २ मा दुईजना, वडा नम्बर ४ मा दुईजना, ६ मा तीनजना, ८ मा १ जना र १६ मा एकजनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २३ जनाको वडा खुलेको छैन् ।

Loading...