Rumpum

Rumpum Advertisement

नेकपा विवाद : दुई अध्यक्षले बुझे कार्यदलको प्रतिवेदन

नेकपा विवाद : दुई अध्यक्षले बुझे कार्यदलको प्रतिवेदन

काठमाडौं, ६ भदौं । आन्तरिक किचलो सामधानका लागि नेकपा सचिवालयले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साताको छलफलपछि शनिबार दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको जानकारी दिए ।

शनिबार छलफल बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो ।

विवाद सामधानका लागि ३० साउनजमा नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।